किन अचम्मैसँग कुरा फेरे कमरेडले ?

काठमाडौं । पुस ५ गते दुई कम्युनिष्ट नेता प्रचण्ड र केपी ओली राष्ट्रपतिलाई भेटेर लाजिम्पाट पुगे ।

त्यसबेला प्रचण्डको डेरा सर्ने कार्य भइरहेको थियो । झिटि गुन्टा, पोको पन्तरा यत्रतत्र थिए । त्यही प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई बोलाइयो । यादवलाई नेताहरुले एक साथ प्रश्न गरे, ‘किन ढिला भयो ?  निर्वाचन परिणाम किन घोषणा नगरिएको ? प्रक्रिया अघि बढाउन के अप्ठ्यारो प-यो ?’

यादवले जवाफ दिए, ममाथि कुनै शंका नगर्नुस्, सबैको कुरा सुन्नुपरेको छ । अरु पनि आयुक्त छन्, सरकार र दलहरुका दवाव पनि छन् । छिटो काम सक्न कर्मचारीहरुलाई अह्राएको छु । अब ढिलोमा ३÷४ दिनभित्र सबै रिपोर्ट तयार गरेर एक मुष्ट परिणाम राष्ट्रपतिसमक्ष बुझाउने योजनामा छु ।’

यसो भन्ने कम्युनिष्ट पृष्ठभूमिका पूर्वप्राध्यापक एपी यादव अहिले अचम्मसँगै मोडिएका छन् ।

आफैद्वारा नियुक्त उनमा आएको यस्तो परिवर्तन प्रचण्ड र केपी ओलीका लागि बुझ्न नसकिने पहेली बनेको छ । त्यतिबेला उनको कानुनको यो प्रावधानले मिलेन भनेनन्, कर्मचारीलाई काम पनि अह्राए ।

समयमै सवै विवरण कर्मचारीले तयार गरेर उनलाई बुझाएको पनि आयोगसम्बद्ध  स्रोतले बताएको जन आस्थाले लेखेको छ ।

तर अस्ति सोमबार बहादुर भवन पुगेका बाम गठवन्धनको टोलीले कानुनी व्यवस्था र त्यसप्रति निर्वाचन आयोगले देखाएको वेवास्ताबारे डेढ घण्टा बहस गर्दासमेत यादवले हलचल गरेनन् । न त उनले यति कारणले परिणाम रोक्न बाध्य छु भनेर चित्त बुज्दो आधार र तर्क नै पेश गरे ।

निर्वाचन आयोगले राष्ट्रपतिलाई समानुपातिकतर्फ मत परिणामको अन्तिम जानकारी दिएपछि त्यसको एक साता अर्थात सात दिनमै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने प्रावधान छ । त्यही व्यवस्था लागू हुनबाट रोक्न यो सबै खेल र आलटाल जारी रहेको विश्लेषकको भनाइ छ ।

केपी ओलीले भनेको एउटा सन्दर्भ यहाँ स्मरणयोग्य छ,‘भारतले चाकडी गर्नलाई दास बनाउँछ, नगर्नेलाई लास बनाउँछ ।’ कतै यो सिलसिलाले यही चरितार्थ त गर्दै छैन ?’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार