बालुवाटारमा सर्वदलीय बैठक बस्दै

सन्डेखबर  421 पटक हेरिएको

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रियसभा निर्वाचनको मिति, प्रदेशको राजधानी र प्रमुखहरुको नियुक्ति लगायत विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीलगायत दलका शीर्ष नेताको सहभागिता रहने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री देउवाले पहिलो पटक सर्वदलीय बैठक आह्वान गरेका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार