दीगो र जनमुखि योजना बनाएर काम गर्न जनप्रतिनिधिलाई उपेन्द्र यादवको निर्देशन

 1219 पटक हेरिएको

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जनतालाई प्रत्यक्ष फाइदा हुनेगरी दीगो र जनमुखि विकासको योजना बनाएर काम गर्न जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचन सकिएको झण्डै एक महिनापछि विकासे छलफलमा सहभागी सप्तरी क्षेत्र नम्बर २ का प्रतिनिधिसभा, प्रदेशसभाका सदस्य, जनप्रतिनिधि र कर्मचारी प्रमुखहरुलाई यादवले जनताको पक्षमा काम गर्न निर्देशन दिएका हुन् ।

बुधबार राजविराजमा आयोजित सो छलफल कार्यक्रममा राजविराज नगरपालिकासहित तिलाठी–कोइलाडी, महदेवा र छिन्नमस्ता गाउँपालिकाका प्रमुख, उप–प्रमुख र वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।

अध्यक्ष यादवले जनताको भावना अनुसार योजना बनाएर अघि बढ्न आग्रह गर्दै भने, ‘जनताको भावनालाई समेटेर राम्रो योजना बनाउनुस् । स्थानीय तहमा कार्यान्वयन हुने तपाईंहरु कार्यान्वयन गर्नुस् ।’

उनले राजविराजलाई मुटु मानेर लिंक रोडहरु जोड्नका निम्ति सबै सडकहरुको मर्मत सम्भार र निर्माण गर्नका निम्ति सबैले तदारुकता देखाउनु पर्ने बताए ।

अध्यक्ष यादवलाई ११ किलोको मालाले स्वागत
सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं फोरम नेपालका अध्यक्ष यादवलाई ११ किलोको माला लगाएर स्वागत गरिएको छ । प्रदेश सभाका सदस्यहरुलाई ६ र ६ किलोको माला लगाएर स्वागत गरियो ।

राजविराज नगरपालिकाका प्रमुख शम्भु यादव, कार्यकारी अधिकृत उमेश यादव तथा कर्मचारीहरुले बुधबार यादवलाई ११ किलोको मालाले स्वागत गरेका हुन् । प्रदेश सभा २ को १ का सदस्य शैलेन्द्र साह र २ को २ का सदस्य मनिष सुमनलाई ६ र ६ किलोको मालाले स्वागत गरियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार