चितवनमा स्वर्गीय प्रकाश दाहालको स्मृतीमा राष्ट्रिय मुवाँथाई प्रतियोगिता हुने

चितवन, पुस १९ । अल मार्शल आर्ट एकेडेमी चितवनले स्वर्गीय प्रकाश दाहालको स्मृतीमा राष्ट्रिय मुवाँथाई प्रतियोगिता गर्ने भएको छ । आउँदो माघ महिनामा प्रतियोगिता आयोजना गर्न लागेको हो ।

एकेडेमीका अध्यक्ष उत्तम गुरुङले आउँदो माघ १९ र २० गते भरतपुरस्थित कवर्डहलमा प्रतियोगिता गर्ने तयारी भईरहेको जानकारी दिएका छन ।उनले प्रतियोगितामा चितवनसहित काठमाडौं, भक्तपुर, ललितपुरका गरि करिव ५० जना खेलाडीले सहभागिता जनाउने जानकारी दिए ।

अहिलेसम्म काठमाडौं र पोखरामा तीन पटक मात्रै भएको यो प्रतियोगिता चितवनमा पहिलो पटक हुन लागेको हो । यो प्रतियोगिता किक बक्सिङ खेल जस्तै हो । यसलाई महंगो खेलको रुपमा समेत लिईन्छ । यो खेल थाईल्याण्डमा चर्चित मानिन्छ । नेपालमा केही प्रशिक्षण केन्द्रहरु भएपनि व्यवसायीक प्रतियोगिताहरु धेरै कम हुन गरेका छन ।
स्वर्गीय प्रकाश दाहाल चितवनमै हुर्के बढेको र स्थानीयबासी भएको नाताले प्रतियोगिता गर्न लागिएको गुरुङले जानकारी दिए । दाहाल परिवारसंगको छलफलमा प्रतियोगिता मिति तय गरिएकोले यसलाई भव्य बनाउन आन्तरिक तयारी सुरु गरिएको गुरुङले बताए ।उनले प्रत्येक वर्ष आयोजना गर्ने गरि तयारी थालिएको र सुरुवाती प्रतियोगितामा १० हजार रुपैयाँ पुरस्कार राखिएको बताए । यद्यपी प्रतियोगिता सुरुहुनु पूर्व धनराशी केही बढ्न पनि सक्ने अध्यक्ष गुरुङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार