शीतलहर क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन उपेन्द्र यादवको माग

काठमाडौं पुस १९। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसका जिल्लामा शीतलहर र चिसोका कारण जनस्वास्थ्यमा गम्भीर समस्या देखा पर्न थालेको र प्रभावित क्षेत्रमा अविलम्ब औषधि उपचार लगायत राहतको व्यवस्था मिलाउन स्थानीय प्रशासनसँग प्रेस विज्ञप्ती जारी माग गरेका छन ।

यादवले बुधबार प्रेस विज्ञप्ती जारी गरी सो क्षेत्रका स्थानियहरुलाई सरकारले चाडो भन्दा चाडो राहत दिनुपर्ने उल्लेख गरेका छन । चिसोका कारण जनस्वास्थ्यमा गम्भीर समस्या देखा पर्न थालेको भए पनि सरकार र स्थानीय प्रशासन गम्भीर नबनेको आरोप लगाएका छन । जनजीवन प्रभावित भइरहेको भन्द सरकारले वेवस्था गरेको उनले जारी गरेको विज्ञप्तीमा रहेको छ ।
त्यसैगरी यादवले शीतलहर प्रभावित क्षेत्रमा न्यानो कपडा र आगो ताप्ने दाउरा उपलब्ध गराउन आ–आफ्नो क्षेत्रबाट सहयोग गरिदिन विभिन्न सामाजिक संस्था र राजनीतिक दलहरुसँग समेत अपिल गरेका छन। उनले चिसोका कारण मधेसमा सर्वसाधारणको ज्यान समेत जाने गरेको विगतको घटना स्मरण गर्दै यथाशीघ्र राहतको व्यवस्था मिलाउन माग गरेका छन ।‘विगतमा पनि चिसोमा कठांग्रिएर धेरैले ज्यान गुमाउनु परेको दुःखद अनुभव हुँदाहुँदै पनि मधेसमा बढ्दो शीतलहरबाट जोगिन कुनै पहल नहुनु सरकारको गम्भीर लापरवाही हो,’ विज्ञप्तीमा भनिएको छ । उनले शीतलहरका कारण बढेको जाडोबाट जनतालाई जोगाउन र चिसोकै कारणले कुनै अप्रिय घटना हुन नदिन न्यानो लुगा, आगो ताप्ने दाउरा र प्रभावित क्षेत्रमा औषधीउपचार लगायत व्यवस्था यथाशीघ्र गर्न स्थानीय प्रशासनसँग जोडदार माग गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार