डोटीमा आज देखि बन्दको आह्वान

काठमाडौं, पुस १९-प्रदेश नम्बर ७ को राजधानी कैलालीको धनगढि तोकिएपछि डोटीमा राजधानी हुनुपर्ने भन्दै बिरोध आन्दोलन शुरू भएको छ । आन्दोलनकारीले डोटी जिल्ला सदरमुकाम सिलगढीमा मोटर साइकलमा आगजनी गरिएको छ ।

७ नम्बर प्रदेशको राजधानी डोटी बनाउन माग गर्दै आएका आन्दोलनकारीले बन्दको अबज्ञा गरेको भन्दै से १ प ८८६ नम्बरको मोटरसाइकलमा आगजनी गरेका हुन्। । प्रदेशको अस्थायी राजधानीका विषयमा सिफारिस समितिले प्रदेश नम्बरको ७ को राजधानी कैलाली सिफारिस गरेको भन्दै सो निर्णयको विरोधमा डोटीमा आन्दोलन चर्किएको हो। सरकारले साविकको क्षेत्रीय सदरमुकामलाई उपेक्षा गर्दै धनगढी राजधानी बनाउन खोजेको भन्दै डोटीमा आज बन्दको आह्वान गरिएको छ।
बन्दका कारण यातायातका साधन पूर्णरुपमा ठप्प भएका छन्। लामो तथा छोटो दुरीका यातायात साधन रोकिएका छन्। १२ गतेदेखि एक हप्तासम्म शान्तिपुर्ण रुपमा सञ्चालनमा रहेको आन्दोलन मंगलबारदेखि आन्दोलन उग्र बन्दै गएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार