रत्नपार्कमा तनाव जुलुशलाई हस्तक्षेप गर्न प्रहरीद्वारा सेल अश्रुग्यास प्रहार

काठमाडौं, पुस १८ । मुर्दा जुलुशमा प्रहरीले हस्तक्षेप गर्दा काठमाडौंको रत्नपार्कमा तनाव भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले   मुर्दा जुलुसको आयोजना गरेको थिए ।
जुलुसलाई नियन्त्रण गर्नको लागि प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ । नेपाल आयल निगमले एकै महिनामा चार पटक गरेको मूल्य बृद्धि र निर्वाचन आयोगका पछिल्ला गतिविधिको विरोधमा नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यनियनले मंगलबार मुर्दा जुलुश निकालेका थिए ।नेपाल आयल निगमले एक महिनामा ४ पटकसम्म गरीब जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धी तत्काल खारिज गर्न सरकारलाई दबाब दिन र निर्वाचन सम्पन्न भएको लामो समयसम्म पनि निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक तर्फको दलहरुले प्राप्त गरेको सिट नतोकेको विरोधमा अनेरास्ववियु केन्द्रीय समितिले मंगलबार दिउसो १ बजे त्रिचन्द्र क्याम्पसबाट मुर्दा जुलुशको आयोजना गरिएको अनेरास्ववियुका केन्द्रीय सचिव आरसी लामिछाने बताए ।
निर्वाचन मार्फत प्रकट भएको ताजा जनादेशलाई लत्याउदै निर्वाचन आयोगले अहिलेसम्म समानुपातिक निर्वाचनको नतिजा सार्वजनिक गर्न गरिरहेको ढिलाको विरोधका लागि मुर्दा जुलुशको आयोजना गरिएका लामिछानेले बताए । यसअघि सोमबार मात्रै एमाले र माओवादी केन्द्रका नेताहरु आयोगमा पुगेर प्रतिनिधिसभा समानुपातिक तर्फको नतिजा सार्वजनिक गर्न ढिला गर्नुको कारणा बारे जानकारी लिदै यथासक्य छिटो दलहरुले प्राप्त गरेको सिट संख्या तोक्न माग गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार