काठमाण्डौं , पुस १७ -माई नगरपालिका–४, इलामकी ३० बर्षिया सरिता राई १७ महिना काखे छोरा र ७ बर्षकी छोरी लिएर काठमाडौंमा हारगुहार माग्दैछिन ।
साउदी अरवको मालिस जेलमा थुनिएका आफ्ना ३१ बर्षीय पति प्रेमबहादुर राईलाई छुटाउने आसले उनी परराष्ट्र र श्रम मन्त्रालयको ढोका ढकढकाईरहेकी छिन । प्रेमबहादुर कम्पनीलाई ३ लाख १० हजार रियाल ९झन्डै ९० लाख रुपैयाँ० भुक्तान गरेपछि मात्रै जेलबाट छुट्ने छन । पति साउदी जेलमा थुनिएपछि उनको मन स्थिर छैन ।
‘उहाँ निर्दोष छु भन्दै रुनुहुन्छ,’ सरिता भन्छिन, ‘इलाममा पुख्र्यौली जग्गा बेचेर त्यत्रो रकम आउँदैन। मलाई दैनिक घरको खर्च चलाउन नै मुस्किल छ। त्यत्रो रकम कहाँबाट ल्याउने भन्दै उनले यसरी दुखेसो पोखिन । पतिलाई जेलबाट छुटकारा गराउन सरीताले सबैतिर हारगुहार मागि रहेकी छिन ।
