धनकुटालाई राजधानी बनाउन माग गर्दै प्रधानमन्त्री कार्यालयमा धर्ना

 

काठमाण्डौ
पुस १७ । भूगोल र संरचनागत हिसाबले उपयुक्त धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्री कार्यालय नजिकै धर्ना दिइएको छ ।
धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायीलगायतले धर्ना दिएका हुन । सोही अवसरमा प्रदेशसभा सांसदहरू इन्द्रमणि पराजुली, कुसुम श्रेष्ठ, लीला श्रेष्ठ, प्रदेश राजधानी बनाउ अभियानका संयोजक उमेश घिमिरे र नागरिक समाज धनकुटाका अध्यक्ष द्रोण गुरागाईंलगायतले राजधानी बनाउँदा सबैका लागि उपयुक्त हुने भन्दै धनकुटालाई नै राजधानी बनाउनुपर्ने माग गरेका थिए । प्रदेश राजधानी बनाउ अभियानले धनकुटालाई प्रदेश राजधानी बनाउन माग गर्दै संकलन गरेको हस्ताक्षर मंगलबार प्रधानमन्त्रीलाई बुझाउने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार