समाजसेवी भक्त राईले छोरी गुमाएकी मनिषालाई घर बनाई दिने

विराटचौक
पुस १७ -मोरङको सुन्दरहरैंचा ५ की एक १८ वर्षकी एक आमाले आफ्नी एक महिनाकी छोरी जाडो मौसममा घर र उपयुक्त वासस्थानको अभावका कारण छोरी गुमाएकी थिइन ।
मनिषाका लागि घर निर्माणको प्रक्रिया सुन्दरहरैंचा नगरपालिकाका कार्यपालिका सदस्य भक्त राईले व्यक्तिगत रूपमा आइतबारबाट सुरु गरिदिएका छन । सदस्य राईले घर बनाउनेदेखि लिएर मनिषाका परिवारलाई केही समयका लागि खानपानको व्यवस्थासमेत गरीदिने राईले बताएका छन । राईले चिसोको समयमा उपयुक्त वासस्थानको अभाव हुँदा र आर्थिक अवस्था कमजोर भएकै कारण न्यानो लुगा नपाएर परिवारका सदस्य नै गुमाउनु परेको पीडाले आफूलाई पनि छोएको बताए ।
उनले चिसोबाट बच्न सक्ने र पछिसम्मलाई हुनेगरीको घर निर्माणमा लाग्ने सबै खर्च आफूले व्यहोर्ने घोषणा गरेसँगै घर निर्माण प्रक्रिया सुरु गरिएको छ । ‘घर निर्माण गर्दा कति खर्च लाग्छ भन्ने कुराभन्दा पनि चिसोबाट कठ्याङ्ग्रिएर सर्वसाधारणको मृत्यु हुन हुँदैन भन्ने हो,’ राईले भने, मनिषाका पति रवि दिनभर ट्रयाक्टरमा मजदुरी गर्छन । ‘मजदुरी गरेर ल्याएको पैसाले बिहान बेलुका खान नै पुग्दैन’, रविले भने, ‘हाम्रा लागि त भगवान आएजस्तै भएको छ । उनीजस्तै सुन्दरहरैंचा९ ५ र ६ का ३५ भन्दा बढी परिवार आर्थिक अवस्था नाजुक भएकै कारण राम्रोसँग खान र लाउनसमेत नपाउने अवस्थामा छन ।
मनिषा र रविको परिवार त्रिपालको छानो हाली वरिपरि कपडाले बारेर बनाएको टहरोमा पुसको चिसो कटाउन बाध्य छन । मनिषाकोजस्तै हालत धेरैको रहेको छ । ‘घरको हालत पनि यस्तो छ,यस्तैमा छोरी जन्मिए पनि बचाउन सकिएन ।’ उनले लगाउने र ओढाउने एवं ओछ्याउने न्यानो कपडाकै अभावमा एक महिना भइसकेकी छोरी गुमाउनु परेको गुनासो गरिन । नगरपालिकाका कार्यपालिका सदस्य राईले भने, ‘यस्तो दर्दनाक अवस्था देख्दा जो कोहीको मन पग्लिनु स्वभाविक हो । घाम लाग्दा शितलमा बस्नका लागि बनाइएको टहरोजस्तो त घर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार