कांग्रेसका सात युवा नेताको माग – तत्काल महासमिति बैठक बोलाउ

 

काठमाडौं, पुस १७ । स्वतन्त्र र निश्पक्ष निर्वाचन गरेकोमा पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिदै नेपाली कांग्रेसका सात युवा नेताहरुले तत्काल पार्टीको महासमिति बैठक बोलाउन माग गरेका छन ।
जननायक वीपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्किएको पुस १६ कै दिन पारेर चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापासहितका सात युवा नेताले पाँचबुँदे संयुक्त वक्तव्य जारी गरेका हुन । निर्वाचन परीणाम कांग्रेसका लागि दुःखद भएको वक्तव्यमा उल्लेख छ ।निर्वाचनका क्रममा विपक्षीले लगाएका आरोपको प्रतिवाद गर्न नसकेको भन्दै नेताहरुले पार्टी नेतृत्वको सरकारको कामकारबाही र गठबन्धनबारे पनि सात युवा नेताले प्रश्न गरेका छन।
त्यस्तै थुप्रै प्रश्नहरु रहेको भन्दै सात नेताले चुनावको गम्भीर र निर्मम समिक्षाका लागि तत्काल केन्द्रीय कार्यसमिति र महासमिति बैठक बोलाउन माग गरेका छन । आजका चुनौतीहरु सामना गर्न कांग्रेसमा गम्भीर आत्मचिन्तन र विशेष तयारी आवश्यक रहेको युवा नेताहरुको ठहर छ । यसका लागि पार्टीभित्र बृहत्तर एकताको सुत्रमा बाँधनुपर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार