डा बाबुराम र उपेन्द्र वाम गठबन्धन तिरै एकता हुने छाटकाट

 

काठमाडौं, पुस १७ । नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको चाहना पनि वाम गठबन्धन तिरै एकता हुने छाटकाट देखिएको छ ।
यादव र भट्टराईको अहिले वाम गठबन्धनको शिर्ष नेताहरुसंग भेटघाट बाक्लिदै गएको छ । उपेन्द्रको ओलीसँग र बाबुरामको ओली(दाहालसँगको भेटको मूल मक्सद पनि त्यसैभित्र निहित छ । एमाले(माओवादी दुवै दलले कांग्रेस र राजपालाई छाडेर उपेन्द्र र बाबुरामलाई भने आफूतिरै तान्ने प्रयास जारी राखेका बेला उनीहरूले पनि गठबन्धनतिरै ढल्किने संकेत गरेका छन।
तर, एमाले(माओवादीले पार्टी एकता गर्दा कम्युनिस्ट पार्टीको नाम नराखी समाजवादी नाम राखेमा आफूहरूलाई पनि एकतामा आउन सहज हुने उनीहरूको तर्क छ । आइतबार माओवादी अध्यक्ष दाहालसँग नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई दम्पतीको भेटको अन्तर्य पनि त्यसैभित्र निहित रहेको माओवादी स्रोत बताउँछ । आफ्नै नयाँ निवास खुमलटारमा भेट गर्न आइपुगेका भट्टराईलाई दाहालले मूलधारमै आउन आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार