उदयपुरमा मानवअधिकार विरुद्ध घटनाहरु घटेको तथ्याकं सार्वजानिक


काठमाण्डौ
पुस १६ मानवअधिकार बर्ष पुस्तक सन् २०१८ प्रकाशनको पुर्वसन्ध्यामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) उदयपुरले आयोजना गरेको बार्षिक समिक्षा कार्यक्रममा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि भरत खड्काले सन् २०१७ मा उदयपुरमा ६३ वटा मानवअधिकार विरुद्धका घटनाहरु घटेको तथ्याकं प्रस्तुत गरेका थिए । घटनामध्ये सबैभन्दा बढि घरेलु हिंसाका १७ ओटा रहेकाछन् । बालिका माथि जवरजस्तिकरणी पछि हत्याको घटना १, बालिकामाथि जवरजस्तिकरणी १७, करणीको प्रयास ४, महिलामाथि जवरजस्ति करणी ६, करणीको प्रयास ६, वहुविवाह ७, मानववेचविखन ३, नाताकायम १ र वम विस्फोठका घटना १ गरी ६३ ओटा रहेकाछन् ।

उमेदवारलाई लक्षित गरी गरिएको वम विस्फोठनबाट ७ जना घाईते भएकाछन् भने उमेदवारको घरमा वम पडकाउने, कार्यक्रममा विस्फोट गराउने जस्ता गतिबिध रहेको पाइएको छ । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले इन्सेकको तथ्यांक समाजले चाहेको भन्दा बेग्लै रहेको बताए । उनले इन्सेकको बर्ष पुस्तक मानवअधिकारको उत्कृष्ट दस्तावेज भएकाले समाजले चाहेको भन्दा अलिक फरक रहेको बताए ।

कार्यक्रममा सहभागि राजनैतिक दलका प्रतिनिधि, सरोकारवाला निकायहरूले ग्रामीण भेगमा हुने हिंसाका घटना मिलापत्र हुने भएकाले यसलाई उजागर गर्नु पर्नेमा जोड दिए । उनीहरुले स्थानीय तहमा भएका मेलमिलापका घटनालाई पनि दस्तावेजकोरुपमा लैजान सुझाब दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार