मोरङको एक महिलामाथी गाउले सबै मिलेर कुटपिट र दुब्र्यवहार 


मोरङ
पुस १६ -मोरङको रंगेली नगरपालिका ५ स्थित आमगाछि टोलकी एक महिलामाथी गाउँका सबै मिलेर कुटपिट र दुब्र्यवहार गरेका छन । कुटपिट र दुब्र्यवहार परेकी महिला अहिले प्रहरीको संरक्षणमा पुगेकी छिन ।
महिलालाई स्थानीयहरुको एक समुहले मरणासन्न हुने गरी कुटपिट गरेको पिडितले बताएकी छिन । कुटपिटपछि उनलाई कालोमोसो दल्नुका साथै गाँउनिकाला गर्ने क्रममा प्रहरीले खबर पाएलगत्तै महिलाको उद्धार गरेको छ ।महिलाका श्रीमान बैदेशिक रोजगारीका क्रममा बिदेशमा रहेका छन । ती महिना केही महिना अघि स्थानीय राजकुमार ठाकुरसँग दोस्रो बिवाह गरी अन्यत्रै भएकी थिईन । उनका ३ सन्तान रहेका छन । केही दिन अघि घर आएका राज कुमार र बसन्तीदेवि लाई गाउँले हरुले लेनदेनको बिषयलाई लिएर दुबै जनालाई कुटपिट गर्नुको साथै महिलालाई कालोमोसो दलेर जुत्ताको माला लगाएर गाउँ निकाला गरेका थिए ।
सो घटनामा संलग्न रहेका रंजित ठाकुर , कुलान्द ठाकुर ,गोवर्धन ठाकुर ,महानन्द ठाकुर ,सरिता ठाकुर , प्रकाश ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त घटनाका दोषि हरुलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाउने प्रहरीले जनाएको छ । उक्त घटनामा अरुको पनि संलग्नता रहेकोले उनीहरुको पनि खोजी कार्य भई रहेको इलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक संन्जिवबाबू खड्काले बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार