प्रधानमन्त्रीसँग छलफलपछि राष्ट्रपतिद्धारा अध्यादेश जारी

काठमाण्डौ
पुस १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलपछि राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश जारी गरेकी छन्। ।
राष्ट्रपति भण्डारीले शुक्रबार बिहान अध्यादेशमा हस्ताक्षर गरेकी थिइन । अध्यादेश जारी गर्नुअघि उनले प्रधानमन्त्री शेरबहादुरलाई शितल निवासमा बोलाएकी थिइन्। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक रोकेर प्रधानमन्त्री देउवा राष्ट्रपति कार्यालय पुगेका थिए।
राष्ट्रपति स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवालाई सबै दलहरुबीच सहमति होस भन्ने चाहनाले आफूले केही समय अध्यादेश जारी नगरेको बताएकी थिइन्।
यसअघि आजै राष्ट्रपति भण्डारीले पूर्वसभामुख तथा एमाले नेता सुवास नेम्वाङसँग पनि छलफल गरेकी थिइन्। । राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश जारी भएसँगै आमनिर्वाचनपछि देखिएको राजनीतिक गतिरोधको बाटो खुलेको छ। अब सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर राष्ट्रिय सभाको निर्वाचनका लागि मिति तोक्नेछ। बिहीबारमात्रै निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचनमा भाग लिन दल दर्ताका लागि १५ दिनको समय दिएर सूचना जारी गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार