अभिनेत्री बिना थापाको दुर्घटनामा निधन

काठमाडौं पुस १३ -अभिनेत्री बिना थापाको काठमाडौंको बत्तीसपुतलीमा सडक दुर्घटनामा निधन भएको छ। उनको स्कुटरलाई बा २ ख ८९४ नम्बरको पानी ट्याङ्करले ठक्कर दिँदा उनको निधन भएको हो।
ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएकी थापाको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।‘डिभोर्स’, ‘उर्वशी’, ‘पिँजडा ब्याक अगेन’ लगायतका चलचित्रमा अभिनय गरेकी उनी केही नाटक र सांस्कृतिक कार्यक्रममा पनि सक्रिय थिइन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार