फोरमको समानुपातिक सिट छनौटमा रस्काकस्सी, पदाधिकारी बैठक बस्दै

 

काठमाडौं पुस १३-  संघीय समाजवादी फोरम नेपालको पदाधिकारी प्रदेशसभा समानुपातिक सांसद छनोट र नयाँ सरकार गठनका विषयमा बैठक आज विहीबार दिउँसो बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय तिनक’नेमा बैठक दुई बजेदेखि बस्ने भएको छ । प्रदेशसभा  समानुपातिक सांसद छनोटबारे पार्टीभित्र छलफल चलिरहेको बेला हाल पार्टी कार्यालयमा आकांक्षी तथा कार्यकर्ताहरुको भीड लागेको छ । संघीय फोरमले प्रदेशसभा समानुपातिक सांसद अनुरुप देशभरिबाट कुल १३ सिट पाएको छ । बैठकमा नयाँ सरकार गठन, राष्ट्रियसभाको निर्वाचन लगायत विषयमा पनि छलफल हुनेछ ।
नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन गर्नुपर्ने बताइसकेका छन् । सरकारमा सहभागी हुन एमालेबाट प्रस्ताव आएको भनिएको संघीय फोरमको बैठकले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार