नयाँ सरकार गठनलगायतका विषयमा राष्ट्रपति विद्यादेवी र‘प्रचण्ड’बीच भेटवार्ता 

काठमाडौं
पुस १३- राष्ट्रियसभाको अध्यादेश, नयाँ सरकार गठनलगायतका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सम्पन्न भएको छ।
उनिहरुले राष्ट्रपति भवन शीतल निवासमा  भेटवार्ता सम्पन्न गरेका थिए । राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनबाट प्राप्त ताजा जनादेश बमोजिम चाँडो नयाँ सरकार गठन भई मुलुकको समृद्धितर्फ लाग्ने कार्यमा सफलता मिलोस् भनी अध्यक्ष दाहाललाई शुभकामना व्यक्त गरेका छन्।
राष्ट्रपतिले जनताको भावना बमोजिम सरकार गठनपछि मुलुकको आर्थिक सामाजिक रुपान्तरण र समृद्धिले गति लिने अपेक्षासमेत व्यक्त गरेकी थिइन्। राष्ट्रियसभाको निर्वाचन कुन पद्धतिमा गर्ने भन्ने विषयमा प्रमुख दलहरुबीच विवाद कायम हुँदा त्यससम्बन्धी अध्यादेश जारीमा ढिलाइ भइरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार