फोरमका सांसद प्रदीप यादवले आगोलागीमा घाईते अम्बिका पटेललाई सहयोग रकम हस्तारण गरे

 1306 पटक हेरिएको

 

वीरगन्ज
पुस १२-पर्सा क्षेत्र नम्बर १ का सांसद एंव संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले आगलागीमा परि घाइते भएका सुपर ग्याँस उद्योगका सुरक्षा गार्ड अम्बिका पटेललाई सहयोग रकम हस्तारण गरेका छन ।
उद्योगका सुरक्षा गार्ड पटेल आगलागीमा परि घाईते भएका थिए । यादवले पटेललाई नगद ५० हजार रुपैया रकम हस्तारण गरेका थिए । वीरगन्ज हेल्थ केयर हस्पिटलमा उपचार गराइरहेका पटेललाइ अस्पतालमै पुगेर सांसद यादवले नगद सहयोग प्रदान गरेका थिए । ग्याँस उद्योगममा आगलगी भएकै दिन सांसद यादवले मृतकहरुलाइ जनही एक एक लाख र घाइतेहरुलाइ जनही ५०÷५० हजार रुपैया सहयोग गर्ने घोषणा गरेका थिए ।
अर्का घाइते वारुण यन्त्रका चालक सुरेश महत्तोको काठमाण्डौको ट्रमा सेन्टरमा उपचार भइरहेकाले उनलाई काठमाण्डौमै गएर ५० हजार रुपैया प्रदान गर्ने सांसद यादवले जानकारी दिए। आगलागीमा परि ज्यान गुमाएका वारुण यन्त्रका कर्मचारीहरु तनहुको ड्ुम्रेका मधुसुदन मिश्रा , सर्लाहीको लालबन्दीका यादव प्रसाद अधिकारी र विराटनगरका सन्जिव नेपालको परिवार अहिले किरीयामा बसेका छन । उनीहरुलाई किरीया सकेपछि तीन जनै मृतकका परिवारलाइ एक एक लाख रुपैया आफुले प्रदान गर्ने सांसद यादवले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार