दुवै दलहरूबीच छलफल गरी पार्टीको वैचारिक र संगठनात्मक संरचनाको विषय टुंगो लगाउने -नेता नेपाल

काठमाण्डौ
पुस -नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दुवै दलका शीर्ष नेताहरूबीच छलफल गरी पार्टीको वैचारिक र संगठनात्मक संरचनाको विषय टुंगो लगाउने बताएका छन ।
बुधबार काठमाडौंबाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित उम्मेदवारहरूको सम्मानमा आयोजित कार्यक्रमलाई उनले यस्तो बताएका हुन । दुवै दलका शीर्ष नेताहरूबीच छलफल गरी पार्टीको वैचारिक र संगठनात्मक संरचनाको विषय टुंगो लगाइने उनले बताए । यसका साथै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार निर्माणमा अवरोध गरिरहेको आरोप लगाएका छन्।
नेता नेपालले सरकार गठनका विषयमा वाम गठबन्धनभित्र विवाद नरहेको दाबी गरेका छन्। उनले झण्डै २ तिहाई बहुमत ल्याएको वाम गठबन्धन नयाँ सरकार बनाउन आतुर रहेको स्पष्ट पारे। उनले निर्वाचनमा हार व्यहोर्दा समेत प्रधानमन्त्री देउवाले पदबाट राजीनामा नदिएकोमा आपत्ति जनाएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार