सलमान खान नेपालमा आफनो प्रस्तुती दिन आउने

बलिउड सुपरस्टार सलमान खानले  काठमाण्डौ स्थित टुडिखेलमा आफ्नो लाखौ नेपाली फ्यान तथा सुभचिन्तक माझ प्रस्तुती दिनेछन् ।
उनले मार्चको १० तारिखमा प्रस्तुती दिने आयोजकले जानकारी दिएको हो । गत शुक्रबार वर्ल्डवाईड र ‘टाईगर जिन्दा हे’ फिल्म रिलिज भएको छ । उनको नेपालमा पनि राम्रो व्यापार छ ।सलमानलाई नेपाल ल्याउन पनि निकै खर्च गर्नुपरेको छ ।
१४ करोडमा ओडिसी ईन्टरटेन्मेन्टले यो प्रोजेक्टको तय गरेको हो भने सलमान सहित आधा दर्जन बलिउडका सेलिब्रेटीहरुले नृत्य र गायन सहितका आफ्नो प्रस्तुती दिनेछन् । केहि सातामा सलमानको टोलि कन्सर्ट अबलोकन गर्न नेपाल आउने छ भने सलमान मार्च ९ मा नेपाल आउनेछन । उनि ३ दिनसम्म नेपालमा बस्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार