डाक्टर विहीन उदयपुरको जिल्ला अस्पताल

उदयपुर
पुस १२। बोलेरो जिप दुर्घटनामा परी गम्भीर घाइते भएकालाई उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याउँदा अस्पताल नै डाक्टर विहीन रहेको पाइएपछि जिल्लाका सरोकारवालाहरूले ध्यानाकर्षण भएको बताएका छन । सल्लेबाट गाईघाटतर्फ आउँदै गरेको स १ च १२२८ नम्वरको बोलेरो जिप दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका थिए ।
घाइतेहरूलाई स्यवम उपचारकालागि उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कडेलले उक्त अस्पताल पूर्याएका थिए तर जिल्ला अस्पतालमा कुनै चिकित्सकहरू नभेटिएपछि आफ्नो ध्यानाकर्षण भएको र कानुनी कार्वाहीको प्रकृिया अघी बढाइने प्रमुख जिल्ला अधिकारी कडेलले प्रतिबद्धता जाहेर गरे ।अस्पतालमा कुनै चिकित्सक फेला नपरेपछि ‘सबै घाइतेलाई विराटनगरस्थिति न्युरो अस्पताल पठाएको बताउदै प्रजिअ कडेलले ‘अस्पतालमा चरम लापरवाही भएको बताए । उनले भने अब तत्काल कानुनी कार्वाही अघाडी बढाउछु । त्यसैगरी उदयपुर प्रहरी प्रमुख एसपी नवराज भट्टले पटक÷पटक दुर्घटना घाइतेलाई उपचारको लागि अस्पताल ल्याउँदै गरेको जानकारी गराए पनि कोही डाक्टर नबसेको पाइएकोले अस्पतालको लापर्वाही देखिएको बताए ।
जिल्लाको रौतामाई गाउँपालिका–६ सितेनी पाखामा मंगलबार दिउँसो जिप दुर्घटना भएको थियो । दुर्घटनमा परी त्रियुगा नगरपालिका १० का कमल मगरको मत्यु भएको थियो। गम्भीर घाइते हुने रौतामाई गाउँपालिका– ४ का ३५ वषका रत्न राईको टाउकोमा गहिरो चोट लागेको छ । यस्तै, ४० वर्षका भक्तबहादुर सार्कीको बाँया हातको पाता भाँच्चिएको र ४० वर्षकी निर्मला राई हालसम्म वेहोस रहेकी छन् ।यता अस्पताल प्रशासन कर्यालय भने सम्पर्क विहिन भएको छ । अस्पताललाई पटक पटक सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन । डिउटीमा रहनुपर्ने डा. अमित मिश्रलाई बारम्बार खबर गर्दा पनि नआएपछि प्रहरीकै चिकित्सकबाट प्राथमिक उपचार गराई घाइतेहरुलाई २ ओटा एम्बुलेन्सबाट उपचारार्थ विराटनगर पठाइएको थियो । डाक्टर नबस्ने, कार्यतालिका नमिलाउने, अस्पतालको डाक्टर, कर्मचारीको लापरवाही र गैरजिम्मेवारीपनमा कारवाही अगाडी बढाइने र व्यवस्थापकीय कमजोरीको बारेमा पनि ध्यान दिइने प्रजिअ कडेलले बताए । डाक्टरको मनपरी हाजिरीसमेत पाइएपछि प्रजिअकै अगाडी अनुपस्थित डाक्टरको हाजिरीमा रातोमसी लगाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार