काठमाडौं, पुस १२
बलिउड अभिनेत्री सन्नी लियोनले आफ्ना फ्यानलाई सामाजिक सञ्जाल मार्फत पुरस्कार दिने भएकी छन्।उनले एउटा भिडियो पोस्ट गरेकी छन्। जसको सुरुमा उनी पन्जाबी गीतमा नाच्दै गरेको देख्न सकिन्छ। यो भिडियो मार्फत् उनले भनेकी छन– तपाईंहरू यस्तो भिडियो अपलोड गर्नुहोस् जसका माध्यमबाट प्रेम प्रकट होस्।
भिडियोबाट बिजेता हुनेले सन्नीसँग भिडियो कल नै गर्न पाउनेछन्। यसका साथै एक स्मार्टफोन पुरस्कार दिने बताईकी छिन। प्रयोगकर्ताले यो भिडियो हाइपस्टार नामको एप बनाएर अपलोड गर्नुपर्नेछ। त्यसपछि उक्त भिडियोलाई लेखेर ट्वीटरमा राख्नुपर्नेछ। अपलोड भएका सबै भिडियोबाट सन्नीले नै विजेता छान्नेछिन् र भिडियो कल गर्ने्छिन्। यो चुनौतीको अवधि डिसेम्बर २२ देखि २७ सम्म तोकिएको छ।
