Bal-Umang

Bal-Umang

रानीपोखरीको पुनर्निर्माणको विषयमा मेयर र उपमेयरबीच विवादमा


काठमाडौ
पुस १२। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीचको रानीपोखरीको पुनर्निर्माणको विषयमा विवाद भईरहेको छ ।
त्यसैगरी मेयर शाक्यले सम्पदा नमासिने गरी रानीपोखरीको पुनर्निर्माणको काम गर्ने बताएका छन । भने यता उपमेयर खड्गी पुनर्निर्माण कार्य रोक्न लागिपरेकी छन्। तत्कालीन राजा प्रताप मल्लले नेपाल संवत् ७९० मा पाँच वर्ष लगाएर रानी पोखरी निर्माण गर्न लगाएका थिए। महानगरपालिकाकी उपमेयर खड्गी रानीपोखरी पुगेर पर्खाल र ढलानको काम तत्काललाई रोक्न निर्देशन दिएकी थिइन्। रानीपोखरी पुनर्निर्माणका क्रममा सम्पदा संरक्षणमा चासो राख्ने र स्थानीय बासिन्दाले रड र सिमेन्ट प्रयोग भएकोप्रति विरोध जनाएपछि काम रोक्न लगाएको उनले बताइन । प्रवेशद्वारमा ताला ‘सम्पदामाथि भएको अतिक्रमणको विरोधमा तालाबन्दी।’ लेखेर उपमेयर खड्गीले तालाबन्दी गरेकी थिइन ।
उपमेयर खड्गीलाई स्थानीयले आधुनिक निर्माण सामग्रीको प्रयोगले सम्पदाको अस्तित्व संकटमा परेको भन्दै गुनासो गरेका थिए। रानीपोखरी संरक्षण अभियन्ताले खड्गीको अनुगमनलगत्तै पोखरी प्रवेशमा तालाबन्दी गरेका थिए। अभियन्ता आलोक तुलाधरले उपमेयर खड्गी, सम्पदाविद् र पुरातत्वविद्कै समर्थनमा जमलतर्फबाट रानीपोखरी प्रवेशद्वारमा तालाबन्दी गरिएको जानकारी दिए। तालाबन्दीका कारण मंगलबारदेखि निर्माण कार्य रोकिएको छ। डोजरलगायत निर्माण सामग्री पोखरीमै छन्। रानीपोखरी अहिले पानीविहीन छ।
त्यसैगरी मेयर शाक्यले प्रहरी बोलाएर ताला फोड्न लगाएका थिए । मेयर शाक्यले पोखरीको किनारा, चलिरहेको निर्माण कार्य, पोखरीको बीचमा रहेको बाल गोपालेश्वर मन्दिरलगायत संरचना अवलोकन गरेका थिए । अवलोकनपछि आफूले पुरातत्व विभागकै स्वीकृतिमा डिजाइन गरिएअनुसार काम गरिरहेको दाबी मेयर शाक्यले बताए । उनले भने, ‘सम्पदा संरक्षण मेरो प्राथमिकताको विषय भएकाले ऐतिहासिक रानीपोखरीको मौलिकताविपरीत काम नगर्ने उनले बताए । तीनवटै निकायको संयुक्त प्रक्रियाबाट ०७२ माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको पुनर्निर्माण थालनी गरेकी थिइन्।
रानीपोखरी पुनर्निर्माण गर्ने क्रममा हाल रानीपोखरीको दक्षिणतर्फ पूरै, पूर्वतर्फ करिब ८० प्रतिशत र पश्चिमतर्फ जमलदेखि बालगोपाल मन्दिरसम्मको भागमा पर्खालसहित ढलान गरिएको छ। पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण भने पुरातत्व विभागले गरिरहेको छ। तहमै देखिएको छ। यो विवादमा मेयर र उपमेयरसँगै सम्पदा जोगाउनुपर्छ भन्ने तथा व्यापारिक प्रयोजना उपयोग गर्नुपर्ने आवाज उठाउने पनि कम छैनन्। पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले महानगरले हाल गरिरहेको काम नियमविपरीत भएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार