अबको पाँचवर्ष भित्रमै आर्थिक क्रान्ति र विकासको मोडल राष्ट्र दुनियाँको अगाडि राख्न सकिने -प्रचण्ड 

पुस १० । अबको पाँचवर्ष भित्रमै केही न केही आर्थिक क्रान्ति र विकासको मोडल राष्ट्र दुनियाँको अगाडि राख्न सकिने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन ।

त्यसैगरी हिजोको जस्तो कमजोर सरकार अब नबन्ने पनि बताए । उद्योग संघ चितवनले जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको स्वागत तथा सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले भनेर पनि गर्न नपाइने स्थिति अब रहने छैन बताए । अब बन्ने सरकारले भनेपछि त्यो लागू हुन्ने उनले बताए । स्थानीय, प्रादेशिक र केन्द्रीय सरकार संयुक्त रुपमा सँगै रहेको भन्दै उनले आयात निर्यात सम्बन्धी राष्ट्रका हितविपरित कानुनलाई संशोधन गर्नुपर्ने उल्लेख गरे ।

अहिले नै आफूले बढी भन्न नचाहेको भन्दै  निजी क्षेत्रका व्यवसायीको मागलाई अब बन्ने सरकारले गम्भीरतापूर्वक लिने जानकारी दिए । शान्ति, सुशासन र समृद्धिकाबीचमा गहिरो अन्तरसम्बन्ध रहेको भन्दै यी तीन वटालाई एक ठाउँमा जोडेर हामीले काम गर्न सक्यौँ भने विकासले तीव्रगति लिने समेत बताए ।कार्यक्रम भईरहेको उद्योग संघ चितवनको अगुवाइमा बन्दै गरेको प्रदर्शनी केन्द्रलाई लक्षित गर्दै निजी साझेदारीमा भएका कतिपय काम निकै नमुनायोग्य भएको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार