सभापति देउवालाई नेविसंघले ज्ञापनपत्र बुझाए


काठमाडौँ
पुस १०। नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाल विद्यार्थी संघका नेताहरुले काँग्रेस निर्माणका लागि बलियो नेविसंघको आवश्यकता रहेको भन्दै ज्ञापनपत्र बुझाएका छन ।
नेपाल विद्यार्थी संघका उपाध्यक्ष उर्मिला थपलियाको नेतृत्वमा बालुवाटारमा आइतवार सभापति देउवालाई भेटेर ज्ञापनपत्र बुझाएका छन । उनिहरुले वर्तमान नेतृत्वले विधि विधान विपरीत काम गरेको भन्दै ध्यानाकर्षण गराएका थिए ।नेविसंघमा विवाद रहेको ११ जिल््लाको अधिवेशन अहिलेसम्म नगरेको, निर्वाचन हारेका व्यक्तिलाई मनोनित गरेको, प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा नेविसंघलाई सशक्तरुपमा परिचालन गर्न नसकेको, नेविसंघको १२औँ महाधिवेशनको तयारी नगरेको, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अरु दलका विद्यार्थीको मुद्दा बोकेको भन्दै सभापति देउवाको ध्यानाकर्षण गराएका हुन ।

भेटपछि सभापति देउवाले वर्तमान नेतृत्वलाई बोलाएर छलफल गर्ने, चाँडो विवाद समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको प्रतिनिधिमण्डलको नेतृ उर्मिला थपलियाले जानकारी दिइन।उक्त टोलीले आइतवार नै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा शशांक कोइरालालाई भेटेर नेविसंघभित्र देखिएको विवाद मिलाउन आग्रह गरेका थिए । उनिहरुले एक हप्ताभित्र आफूहरुले राखेका माग पूरा नभए समानान्तर समिति गठन गर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार