श्रीकृष्ण लुईँटेल “बोकेदाह्री” रावणका कारण चर्चामा


काठमाण्डौ
पुस १० । श्रीकृष्ण लुईँटेल “बोकेदाह्री” पछिल्लो समय उनको नयाँ म्युजिक भिडियो रावणका कारण चर्चामा रहेका छन । कमेडी शैलीका गित संगीतमा जमेका उनी पछिललो समय झापाको बिर्तामोडमा रहेर यही क्षेत्रमा संघर्षरत रहेका छन । मोरङको सलकपुरमा मातापिता लक्ष्मीप्रसाद र अम्बिकादेबी लुँईटेलको जेठो सन्तानका रुपमा २०३३ साल भदौ ११ गते शुक्रबार जन्मिएका लुईटेलले सुकुना बहुमुखी क्याम्पस र इटहरीको जनता क्याम्पसबाट बिए,बिएड सम्मको अध्यायन गरेका छन ।
सानैदेखि गीत संगीतमा रुचि राख्ने उनी समाजमा भएका बिकृति र बिसंगतिलाई गीत संगीत मार्फत प्रस्तुत गर्न खप्पिस रहेका छन । ए बाऊ किन्देऊ न भटभटे,नामको गित गाएर चर्चामा आएका उनले अहिले सम्म ६ वटा नेपाली चलचित्रमा अभिनय गर्नुका साथै हरेक बर्ष एक गीति एलबम समेत बजारमा ल्याउने गरेका छन । उका दर्जनौ गितहरु चर्चित रहेका छन । उनको भर्खरै बजारमा आएको रावणको म्युजिक भिडियोले यतिबेला बजार तताएको छ ।
एकदमै राम्रो छ । समाजमा भएको बास्तबिक घटना बाहिर ल्याएको भन्दै धेरैजनाले मनपराई दिएको उनले बताए । केहि पुरुष दर्शकहरुले चै गित मननपराएर गालि अश्लिल गाली नै गरेको पनि बताए । जो चाँहि मैले भिडियोमा समेटेको रावण चरित्र सँग मेल खान्छ । उनिहरुले चाँहि आफनो कथा बाहिर आयो भनेर मलाई गाली गरेको बताए ।
यो भिडियो बनाउनको लागी अढाईलाख बढी खर्च भएको छ । मैले भिडियोका लागी धेरै मेहनत पनि गरेका बताए । बिगतमा भन्दा यो भिडियोलाई स्तरीय बनाउने प्रयास गरेको उनले जानकारी दिए । काठमाण्डौमा भिडियोका लागी खर्च नपुगेर मैले उनले लगाएको औँठी समेत धितोमा राखेको बताए । पछिल्लो समय गीत संगीतमै ईन्गेज भएको उनले बताए । फेरी अरुको डमी बनेर अरुको कन्सेप्टमा फिल्म खेल्न मन नलागेको उनले बताए । अहिले पनि आफुलाई चलचित्रका अफरहरु आईरहेका छन । तरपनि मलाई चलचित्रमा ईन्टेस्ट नभएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार