एमालेसंग मिलेर सरकारमा जान नसकिने फोरमका सह–अध्यक्ष राजेन्द्र

 841 पटक हेरिएको

काठमाण्डौ
पुस ९ । नेकपा एमाले पार्टीसंग संघीय समाजवादी फोरम नेपालले मिलेर सरकारमा जान नसक्ने फोरमका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले बताएका छन ।
आफनो पार्टीलाई निर्वाचनपूर्व नेपाली कांग्रेस र नेकपा एमालेले आ–आफ्नो गठबन्धनमा आवद्ध हुन आह्वान गरेको सह–अध्यक्ष श्रेष्ठले बताए । त्यसबेला पनि दुवै पार्टीसंग वार्ता र छलफल गरेतापनि पार्टीको मुख्य मुद्दा सम्बोधन नभएको कारणले कुनै पार्टीसंग सामेल हुन नसकेको उनले जानकारी दिए । त्यसैगरी सरकारमा सामेल हुने कुरा पनि त्यही कुरासंग जोडिएको हुनाले एमालेसंग मिलेर सरकारमा जान नसक्ने उनले बताए । एमालेबाट चुनाव सकिएपछि मिलेर जाऔं, भोलिको लागि राम्रो हुन्छ, भन्ने प्रस्ताव समेत आएको उनले बताए । सरकारमा जादा फोरम र राजपासंगै जाने अभ्यास भएको उनले बताए । फोरम र राजापाले कुनै गठबन्धन नबनाएको निर्वाचनमा सिट तालमेल गरेर चुनाव लडेको र यसले सकरात्मक सन्देश दिएको उनले बताए । फोरमको मुख्य मुद्दा भनेको संविधानको धारा २ सय ७४ लगायत विभेदकारी सबै धारा परिवर्तन हुनुपर्न रहेको छ ।
संविधान संशोधनको मुद्दामा पूर्णरुपमा एमालेले विरोध मात्र होइन, अरु राजनीति दललाई पनि त्यसविरुद्ध सञ्चालन गरेको उनले आरोप लगाए । संविधान संशोधनको मुद्दामा सबैभन्दा प्रतिगामी दृष्टिकोण एमालेको रहेको उनले बताए । आगामिक दिनमा एमालेले नया दृष्टिकोण ल्याएर संविधानको धारा २७४ लगायत विभेदकारी धाराहरु अन्त्य गर्न तयार भयो भने एमालेसंग सरकारमा जाने विषयमा सोच्न सकिने फोरमका फोरमका सह–अध्यक्ष श्रेष्ठले बताए । यता एमालेले फोरमसँग मिलेर सरकार बनाउन लागेको भन्दै बाम गठबन्धनको महत्वपूर्ण साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले असन्तुष्टि जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार