नेवि संघले राष्ट्रपति विरुद्ध सडकमा नारा लगाए

 522 पटक हेरिएको

काठमाडौं
पुस ९-राष्ट्रियसभा गठनसम्वन्धी अध्यादेशलाई लिएर राष्ट्रपति विधादेवि भण्डारीविरुद्ध कांग्रेससम्बद्ध नेवि संघ सडकमा उत्रिएको छ ।
प्रदर्शनमा सहभागीहरुले ‘राष्ट्रपति ज्यू, लोकतन्त्र नजिता मात्र होइन, प्रक्रिया पनि हो, संविधानको रक्षा गर जस्ता नारा लगाएका थिए । आइतबार नेवि संघले प्रदर्शनीमार्गबाट रत्नपार्कको शान्तिबाटिकासम्म प्रदर्शन गरेको हो । राष्ट्रिय सभा गठन अध्यादेश रोकेर राष्ट्रपतिले संवेधानिक गतिरोध सृजना गर्न खोजेको नेवि संघको आरोप छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार