अध्यादेश प्रमाणीकरणको बिषयमा राष्ट्रपति र फोरमका अध्यक्ष उपेन्द्रबीच भेटवार्ता

 1491 पटक हेरिएको

काठमाण्डौ
पुस ९ गते। राष्ट्रपति विद्यादेवी भण्डारीलाई संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय सभाको निर्वाचन सम्बन्धी अध्यादेश प्रमाणीकरण गर्न परामर्श दिएका छन ।
अध्यादेश प्रमाणीकरणबारे परामर्शका लागि राष्ट्रपति कार्यालय शितल निवासमा उनले फोरम अध्यक्ष यादवलाई बोलाइएको थियो । फोरम अध्यक्ष यादव र नेता राजेन्द्र श्रेष्ठ राष्ट्रपतिसंग छलफलमा गएका थिए । आइतबार विहान राष्ट्रपतिसंगको छलफलमा फोरमका अध्यक्ष उपेन्द्र यादवले, सरकारले पठाएको अध्यादेश प्रमाणीकरणको विकल्प नभएको बताएका हुन ।
फोरमका प्रेस सल्लाहकार महेश चौरसीयाका अनुसार राष्ट्रपतिले अध्यादेश अड्काउन नहुने यादवले परामर्श दिएको जानकारी दिए । त्यसैगरी सरकारले पठाएको अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गरेर अध्यादेशमा भएका एकल संक्रमणीय प्रणालीबाट राष्ट्रिय सभाको निर्वाचन हुनु पर्ने फोरमको त्यसमा समर्थन रहने भन्दै त्यसैले यो अध्यादेश पारित हुनुपर्छ,’ भन्दै अध्यक्ष यादवले राष्ट्रपतिलाई परार्मश दिएको चौरसीयाले बताए ।
कार्यालयका प्रवक्ता माधव शर्माका अनुसार राष्ट्रपतिले दलहरुबीच सहमति जुटाउने पहल गर्न फोरमका नेताहरुलाई भनेको जानकारी दिए । त्यसैगरी राष्ट्रपति भण्डारीले यसअघि कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुसँग परामर्श गरेकी थिइन । उनले अध्यादेशमा राजनीतिक सहमति जुटाउन आह्वान गर्दै आएकी छन । तर प्रमुख दलहरु आ-आफ्नै अडानमा रहेको भन्दै राष्ट्रपतिले अध्यादेश प्रमाणिकरण गरेकी छैन । सरकारले दुई महिना अघि राष्ट्रपति कार्यालयमा पठाएको अध्यादेशमा एकल संक्रमणीय मत प्रणालीको व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार