सिरहाको जिल्ला मालपोत कार्यालयमा बम विस्फोट


सिरहा
पुस ७ । सिरहाको जिल्ला मालपोत कार्यालयमा शुक्रबार बम विस्फोट हुदा तीन जना घाइते भएका छन् । बम विस्फोटमा सिरहा नगरपालिका १२ सारसरका राजकुमार पासवान, रोशन कुमार पासवान घाइते भएका छन् । मालपोत नजिकै लेखापढी व्यवसायी गर्दै आएका पवन पासवान गम्भीर घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि बाहिर पठाइदैछ । प्रहरीले कुकर वंम विस्फोट भएको जनाएको छ ।

तीन जना मध्ये सिरहा एक नम्बर वडाका पवनको अवस्था चिन्ताजनक रहेकोले थप उपचारका लागि बाहिर पाउने तयारी भइरहेको परिवारजनले जनाएको छ । सिरहा प्रहरीले विस्फोट भएको पुष्टि गरेपनि घटनाको विस्तृत जानकारी गराउन चाहेनन् । विस्फोटका बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार