बालुवाटारमा प्रमुख पाच दलहरुकोे बैठक सम्पन्न


काठमाडौं, पुस ७ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख पाच दलहरुकोे शीर्ष नेताहरुको बैठक सम्पन्न भएको छ ।बैठकमा राष्ट्रिय सभा गठन अध्यादेश र सरकार गठनका विषयमा दलहरुबीचको छलफललाई जारी राख्दै सहमतिको प्रयास गर्ने समझदारी गरदै बैठक सम्पन्न भएको छ ।
बैठकमा सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले राष्ट्रपति समक्ष विचाराधिन रहेको राष्ट्रिय सभा अध्यादेश अनुमोदनका लागि सहयोगका लागि अन्य दलहरुलाई आग्रह गरेको थियो । तर वाम गठबन्धनका प्रमुख दुई दल नेकपा एमाले र माओवादी केन्द्रले अध्यादेश फिर्ता लिएर सहमति जुटाउन सरकारलाई आग्रह गरेको बताइएको छ ।
निर्वाचनपछि दलहरुबीच भएको संवादहिनतालाई अन्त्य गदै राष्ट्रिय सभा सम्बन्धी अध्यादेश र नया सरकार गठनका बारेमा छलफल गर्न भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख पाच दलको बैठक बोलाएका थिए । दलहरुबीचको विवादका कारण राष्ट्रपति बिद्यादेवी भण्डारीले राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेश जारी गरेकी छैनन् ।
राष्ट्रिय सभा गठन पहिलेकी सरकार गठन भन्नेमा कांग्रेस र वाम गठबन्धनबीच विवाद छ । चुनाव यता प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच औपचारीक भेटघाट समेत भएको छैन । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड, माधव नेपाल, सुवास नेम्वाङ, बिमलेन्द्र निधि, कृष्ण सिटौला, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा “बादल”, उपेन्द्र यादव र महन्त ठाकुर सहभागी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार