सुरेन्द्र महर्जनको कृति “अमर” २ सार्वजानिक


काठमाण्डौ
पुस ७ । राजधानीमा हालै कवि, गीतकार, गायक, चित्रकार एवं साहित्यकार सुरेन्द्र महर्जन “अमर” को १६ औं कृति “अमर(२” गीति एल्बम गीतकार संघका अध्यक्ष चुडामणी देवकोटाबाट सार्वजनिक भएको छ ।
अमर(२ गीति एल्बम ओएसनेपालको प्रस्तुतिमा बजारमा निस्किएको छ । सात वटा गीत समाबेश उक्त एल्बममा सुरेन्द्र महर्जन “अमर” कै रचना अनि मेलिना राई, शिव परियार, शिखा भारती, सबिन लिम्बु, निता थापामगर, दिना थानी र स्वयं रचनाकार सुरेन्द्र महर्जन कै स्वर रहेको गीतहरू म भन्दा नि, आशा मर्दै गयो, मरेर जल्छु, वीर नेपाली, तड्पिएर बाँच्ने, दुस्ख र सुख गीतहरू रहेका छन् । राम कार्की, सन्तोष श्रेष्ठ र राज कुमारको संगीत अमर(२ मा रहेको छ । बजारमा निकै चर्चामा रहेको तर एल्बमको रूपमा आई नसकेका चर्चित गीतहरू यस एल्बममा समावेश छन् ।
उक्त कार्यक्रममा सुरेन्द्र महर्जन”अमर” कै रचनाको एउटा गीतको म्युजिक भिडियो संगीता रायमाझीको स्वररसंगीत रहेको “हावाहुरी चलेपछि झनै याद आयो तिम्रो बिर्सू कसरी मनमा सजाएछु याद भन्नू प्यार मेरो जसरी” गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । संचारकर्मी तथा भिडियो निर्देशक सरोज श्रेष्ठको निर्देशनमा रक्षा आचार्य र निराजनको अभिनय रहेको छ । निर्देशकबाट चर्चित भिडियोहरू जस्तै वीर नेपाली, जे होला होला, निर्दोष यी, लेख्नै परे जस्ता तीन दर्जनभन्दा बढी भिडियोको निर्देशन गरि सक्नु भएको छ । कार्यक्रमको सभापतित्व ओएसनेपालका तर्फबाट विवेक कार्कीले गर्नु भएको थियोे ।उक्त समारोहमा वरिष्ठ गीतकार चुडामणी देवकोटा, संगीतकार राजु सिंह, संगीतकार सन्तोष श्रेष्ठ, संगीतकार राम कार्कीबाट एल्बमको बारेमा बोल्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार