आगामी सरकार निर्माणको विषयमा केपी र उपेन्द्रबीच भेटवार्ता

काठमाडौं, पुस ७ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच आगामी सरकार निर्माणको विषयमा भेटवार्ता गरेका छन ।
ओली र यादवबीच आगामी सरकार निर्माणको विषयमा केन्द्रित भएर छलफल गरेका थिए । एमालेका एक उच्च नेताका अनुसार भावी प्रधानमन्त्रीको रूपमा हेरिएका ओलीले आगामी सरकारमा सहभागी हुन यादवलाइ आग्रह गरेका थिए ।जवाफमा यादवले आफू आगामी सरकारमा सहभागी हुन तयार रहेको बताएका छन् । त्यस्तै प्रदेश नम्बर २ मा फोरम नेतृत्वको सरकार बनाउने विषयमा समेत ओली र यादवबीच ठोस सहमति भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार