वीरगञ्जमा एक विधार्थीमाथि छुरा प्रहार

वीरगञ्ज
पुस ७ गते। वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा बीबीएस प्रथम वर्षमा अध्ययनरत रोशन यादवमाथि शुक्रबार छुरा प्रहार भएको हो ।
छुरा प्रहारबाट वीरगञ्ज–१६, राधेमाई घर भएका यादव गम्भीर घाइते भएको जानकारी प्रहरीले दिएको छ ।
घाइते यादवलाई नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि अहिले गण्डक अस्पताल लगिएको छ । आक्रमण कसले गर्यो भन्नेबारे अहिलेसम्म केही पनि खुलेको छैन ।यादवको बिहीबार क्याम्पसका केही विद्यार्थीसँग विवाद भएकाले त्यही समूहले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि, यसको औपचारिक पुष्टि हुन भने बाँकी रहेको छ । प्रहरीले यसबारे छानबिन भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार