शेरबहादुर र प्रचण्डको आज गोप्य भेटघाट

काठमाडौं
पुस ६ गते ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) बिहिवार अध्यादेश पारित गराउने सहमति जुटाउनको लागि प्रधानमन्त्री निवास बालुवाटारमा गोप्य भेट गरेका छन ।
राष्ट्रिय सभा सम्बन्धी अध्यादेशमा राजनीतिक दलहरुको बीचमा मत एक्यता बन्न सकेको छैन । राजनीतिक दलहरु यसमा सहमति जुटाउने प्रयासको लागि देउवा र दाहाल भेट गरेका थिए । । यसै सिलसिलामा उनीहरुकोे आजको भेट पनि अर्थपुर्ण मानिएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले अध्यादेश अब आउने सरकारले पेश गर्ने र अहिले पेश गरिएको अध्यादेश फिर्ता हुनु पर्ने अडान राखि रहदा कांग्रेसले भने यसमा विरोध जनाउदै आएको छ । कांग्रेसले सरकारको अधिकारका रुपमा रहेको अध्यादेश पेश गरेपछि राष्ट्रपतिले फिर्ता गर्न नमिल्ने आफ्नो भनाइ राखेको छ ।
यसैबीच नेकपा एमाले आफ्नो अडानमा कायम रहि रहदा गतिरोध बढ्ने देखिएको छ । नेकपा एमालेका अध्यक्ष र माओवादी केन्द्रका अध्यक्ष दुबैले राष्ट्रपति विद्या देवी भण्डारीसँग भेट गरेपछि त्यहाँ भएका कुराहरुको विषयमा समेत र कसरि सहजिकरण गरेर जाने भन्ने विषयमा राष्ट्रपति समेत चिन्तित रहेको सन्दर्भ प्रचण्डले प्रधानमन्त्रीसँग राखेको बुझिएको छ । साथै अध्यादेश पारित गरि नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्ने सन्दर्भमा सकरात्मक रुपमा रहेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार