मोरङको केहि स्थानहरुमा जंगली हात्तीकोे आतङ्क


मोरङ पुस ६ गते ।
मोरङको केहि स्थानहरुमा जंगली हात्तीले आतङ्क मच्चाएपछि स्थानियहरुले त्रासपुर्ण जिवनयापन गरिरहेका छन ।
मोरङको सुन्दरहरैँचा, लेटाङ नगरपालिका तथा कानेपोखरी गाँउपालिका केही वडामा जंगली हात्तीले आतंक मच्चाएका छन । विशेष गरेर रातिको समयमा उत्तरतर्पmको चारकोसे झाडीबाट हात्ती गाउँघरमा दैनिक पसेर अन्नबाली खानुका साथै घरका टाटीबेरा वाल समेत भत्काउन थालेको छ । मोरङको सुन्दरहरैचाका केही वडामा पौष १ गतेदेखि दैनिक रातिको समयमा गाउँहमा हात्ती पसेर दुःख दिन थालेपछि नगरबासीहरुमा अहिले चिन्ता बढेको छ ।
दुई ओटा हात्ती साथमा हात्तीको सानो बच्चा नगरको विभिन्न वडाहरुमा एकैसाथ रातको समयमा चहार्दा डर त्रास समेत बढेको छ । नगरको वार्ड नं. ८ मा पनि जङ्गली हात्तीले अझै ठुलो आतङ्क मच्चाएको छ । हात्तीले त्यहाँका भट्टराई, ओझा, आपगाई तथा गुरागाईको घर तथा पसल भत्काएर धेरै क्षति पु¥याएको छ । हात्तीबाट पीडित भएकाहरु रातभरि सुत्न नपाएको र गाउँघर सुरक्षा गरेर बस्नुपरेको स्थानीय सुरेश दाहालले बताए । सलकपुरबाट सशस्त्र सुरक्षाकर्मी तथा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएका प्रहरीहरुले हात्तीको आतङ्कबाट जनधनको सुरक्षा गर्ने कोसिस गरेर हात्तीले पु¥याएको क्षतिको निरीक्षण गरी क्षतिपूर्तिको लागि माग गर्ने योजना रहेको वडा नं. ८ का वडा अध्यक्ष ख्याम न्यौपानेले बताए ।
यस नगरको वार्ड नं. ११ मा पनि हात्ती घुम्दै फिर्दै गरेर कमल ढकालको धानको कुन्यूमा बिगार गरेको छ । घरमा गारो पल्टाएर धान चामलको बोरा बाहिर निकाली खाएर अन्य वडा तर्फ भागेको थियो । रातैभरि मान्छेलाई त्यस वडामा पनि हात्तीले सुत्न नदिएपछि हात्ती भगाउन कसैले आगो बालेका,े कोही सारो सारो कराएर जानकारी फैलाउने गरेको स्थानीय राधाकृष्ण ढकालले बताए । जङ्गली हात्तीको सबैलाई डर हुने भएकाले गाउँघरको भित्री भागमा उज्यालो सडक बत्तीको समेत अझै आवश्यकता भएको वडा नं. ११ का वडा अध्यक्ष बिसनलाल चौधरीले बताए ।
अहिलेसम्म कुनै मानबिय क्षति नभएपनि हात्ती आतङ्क कम गर्न सरकारले तत्काल हात्ती प्रभावित क्षेत्रमा उज्यालो बत्ती तथा साइरनको व्यवस्था गर्न जरुरी रहेको स्थानीयहरुको माग छ । कानेपोखरीको उत्तरतर्फ फराकिलो चारकोसे झाडी रहेकाले त्यहाँ झनै हात्तीले धेरै दुःख दिने गरेको छ । मोरङको लेटाङ नगरपालिकाका केही वडामा समेत हात्तीले दुःख दिने गरेको छ । हात्ती आतङ्क विशेष गरेर हिउँदको समयमा हुने भएकाले अन्नवाली खाने, घुमफिर गर्न विशेष मन पराउने हात्तीबाट कसैले अनावश्यक डर त्रास नलिएर सकारात्मक चेतना फैलाउन जरुरी रहेको तथा समाधानका उपायहरुको खोजी गरी कामसमेत अघि बढाउने योजना रहेको सुन्दररहैँचा न.पा.का प्रमुख शिवप्रसाद ढकालले बताए ।
जङ्गली हात्तीको आतङ्कको बारेमा बुझ्दा जिल्ला वन कार्यालयका प्रमुख डा. विनोदप्रसाद देवकोटाले सुरक्षाकर्मी, सामुदायिक वनका सरोकारवालाहरुलाई समेत आफूले जानकारी गराएको हुँदा यसको समाधानमा पहल गर्ने बताए । हात्तीबाट पीडित भएका बासिन्दाहरु रातभरि सुत्न पाएका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार