इजरायलको राजधानी जेरुसेलम नै हुनु पर्ने – ट्रम्प

काठमाडौं
पुस ६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिएका थिए । तर राष्ट्रसंघमा त्यसविरुद्ध प्रस्ताव आएको छ ।  संयुक्त राष्ट्रसंघमा जेरुसेलमलाई इजरायलको राजधानी नमान्ने देशलाई आर्थिक सहयोग रोक्ने चेतावनी दिएका छन् ।
जेरुसेलम शहरलाई लिएर इजरायल र प्यालेस्टाइनबीच विवाद छ । एक पवित्र शहर मानिने जेरुसेलममाथि दुबै देशको दाबी छ । अमेरिका एक्लिने अवस्था आएपछि मतदान हुनुपूर्व हृवाइट हाउसमा पत्रकार सम्मेलन गरेर अमेरिकी राष्ट्रपति ट्रम्पले भनेका छन । ‘उनीहरु सधैं अर्बौं डलरको सहयोग लिन्छन् र हाम्राविरुद्ध मतदान पनि गर्छन् ।’अघि भने, ‘उनीहरुलाई भोट गर्न दिउँ, हाम्रो लाखौं डलर बच्छ ।’
इजरायलले यसलाई आफ्नो राजधानी मानेको छ भने अमेरिका बाहेकका विश्वका कुनै पनि देशले जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा मान्यता दिएका छैनन् । राष्ट्रसंघमा पेश भएको प्रस्तावमा अमेरिकाको नाम उल्लेख छैन तर, जेरुसेलमबारे लिइएको निर्णय रद्द हुनुपर्ने माग गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार