विराटनगरको निजी अस्पतालले मनोमानीरुपमा शुल्क उठाउदा बिरामीहरु मारमा


मोरङ
पुस ६ नियमनकारी निकायले चासो नदिँदा मोरङको विराटनगरमा सञ्चालित निजी अस्पतालले बिरामीबाट मनोमानीरूपमा बेडको शुल्क लिने गरेका छन ।
यसरी निजी अस्पतालले बिरामीबाट मनोमानीरूपमा बेडको शुल्क लिदा बिरामीहरु मरमा परेका छन । त्यसैगरी विराट नर्सिङ होमका अनुसार सामान्य बेड शुल्क रु एक हजार २सय ५०, डिलक्स रु दुई हजार ७ सय ७५ र सुपर डिलक्सको नाममा रु तीन हजार ८ सय ८० प्रतिदिन श्यया शुल्क लिने गरेको छ । त्यस्तै, आइसियुको रु छ हजार शुल्क लिने गरेको छ । अस्पताल न्यूरो अस्पतालका अनुसार सामान्य श्ययामा एक दिन बिरामी राखेको रु ८०० देखि दुई हजारसम्म शुःल्क लिने गरेको छ । सो अस्पतालले सामान्य क्याबिनको रु तीन हजार, डिलक्सको रु चार हजार र आइसियुको दैनिक रु छ हजार श्यया शुल्क लिने गरेको छ ।
ग्रिनक्रस अस्पतालका अनुसार सामान्य श्ययाको रु एक हजार ५० देखि रु दुई हजार ५०० सम्म शुल्क लिने गरेको छ । सो अस्पतालले आइसियुमा रु सात हजार शुल्क लिने गरेको छ । त्यस्तै, लाइफगार्ड अस्पतालले सामान्य बेड शुल्क रु एक हजार, डिलक्स रु तीन हजार र आइसियुमा रु छ हजार बेड शुल्क लिने गरेको छ ।

नोबेल अस्पतालका नारायण दाहालका अनुसार सामान्य श्ययाको रु ३५० देखि रु एक हजार, आइसियु रु तीन हजार ५०० र एनआइसियुको रु चार हजार ५०० लिने गरेको छ । निजी अस्पतालले लिएको महँगो शुल्कले सर्वसाधारण हैरान छन् । विराटनगरका कुलदीप शर्माले भने, ‘अस्पताल खोल्ने र सेवा दिने भन्ने, तर पैसा चाँहि ढाडै भाँच्ने गरी लिने, अनि कसरी सेवा भयो त ?’
सो अस्पतालले सामान्य श्ययाको रु ३ सय ५०, क्याबिनमा सिङ्गल रु एक हजार र डबल रु ७ सय ५० लिने गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, मोरङका स्वास्थ्य संस्था निरीक्षक बृजेश यादवका अनुसार निजी अस्पतालले लिने शुल्क पटकपटक समायोजन गर्न आग्रह गरे पनि कार्यान्वयनमा चासो नदिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार