भारतबाट नै समन्वय गरी विहार सरकारको दमकल पठाए –सांसद प्रदिप यादव

 3881 पटक हेरिएको

काठमाडांै । संघिय समाजवादी फोरमका जिल्ला अध्यक्ष तथा पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रदिप यादवले सुपर ग्यास उद्योगको आगो नियन्त्रणमा भारतको विहारबाटै आफुले समन्वय गरेको बताएका छन् ।

भारतको पटना विश्व विद्यालयको निमन्त्रणामा एक कार्यक्रममा सहभागिता जनाउन गएका यादवले आगो नियन्त्रणका लागि विहार सरकारसँग समन्वय गरी रक्सोलको भारतीय आयल निगमसँग रहेको वारुणयन्त्र आगलागी नियन्त्रणका लागि पठाउने पहल गरेको पनि बताए । आफु देश बाहिर भएपनि मृतकको परिवारजनहरुलाई रु एकलाख र घाइतेहरुलाई उपचार खर्च रु पचारहजार तत्कालको लागि उपलब्ध गराउने जनाएका छन् ।

उत्त घटनाको न्याहिक छानविन गरि दोषीलाई कार्वाही गर्न आफूले प्रसासनलाई आदेश दिएको पनि बताएका छन् । र मृतकहरुको आत्मको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना समेत जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार