पचहत्तरै जिल्लाका कृषि विकास कार्यालयहरु बन्द हुने

 589 पटक हेरिएको


काठमाडौं
पुस ५ — यही पुस महिनाभित्र पूर्णरुपमा पचहत्तरै जिल्लामा रहेका कृषि विकास कार्यालयहरु बन्द हुने भएका छन ।
जिल्ला कृषि कार्यालय बन्दको तयारी अन्तिम चरणमा पुगेको कृषि मन्त्रालयका सचिव डा सुरोज पोख्रेलले जानकारी दिए । जिल्लामा रहेका कृषि सेवा केन्द्रहरु भने यसअघि नै बन्द भइसकेका छन ।
७५ वटै जिल्लामा कृषि कार्यालयहरु छन । जिल्ला कार्यालय मातहत ४(६(४ को रेसियोमा सेवा केन्द्रहरु थिए । तराई मधेसका जिल्लाहरुमा ४, पहाडीमा ६ र हिमाली जिल्लाहरुमा ४ वटाका दरले रहेका सेवा कार्यालयहरु भने बन्द भइसकेका छन् । अब दोस्रो चरणमा जिल्ला कार्यालयहरु बन्दको तयारी भइरहेको छ ।
कृषि मन्त्रालयका सूचना अधिकृत मणिरत्न अर्यालले भने, ‘फस्ट टर्नमा सेवा कार्यालयहरु ह्याण्डओभर भए, अब सेकेन्ड टर्नमा जिल्ला कार्यालयहरु क्लोज हुने अन्तिम तयारी रहेको बताए । जिल्ला कार्यालय र सेवा कार्यालयहरुमा २२ देखि ४५ जनासम्म कर्मचारीहरु थिए । तर हाल एकजना कार्यालय प्रमुख, एकजना अधिकृत, एकजना योजना अधिकृत र कार्यालय प्रमुखका लागि एकजना चालकमात्र छन ।
बन्द भएका कार्यालयका जनशक्ति व्यवस्थापनको अन्तिम खाका तयार हुन बाँकी छ । तर कृषि कार्यालयका अधिकांश प्राविधिक जनशक्तिलाई प्रदेशमा र स्थानीय तहमा व्यवस्थापन गर्ने योजना बनाइएको छ । महानगरपालिकामा उपसचिव र नगरपालिकामा अधिकृतको नेतृत्वको टोली रहने गरी व्यवस्थापन गर्ने प्रारम्भिक प्रस्ताव तयार भएको अर्यालले जानकारी दिए । कृषि कार्यालयहरु बन्द भएपछि ति कार्यालयबाट हुदै आएका काम अब स्थानीय तहबाट हुनेछन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार