पार्टीका शीर्ष नेतासहित रसुवा पुगे ओली


काठमाडौं
पुस ४ एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार चिनिया नाका रसुवाको भ्रमण गरेका छन।  अध्यक्ष ओली पार्टीका शीर्ष नेतासहित हेलिकोप्टरमा रसुवागढी पुगेका हुन् ।
एमालेका नेताहरु सुवास नेम्वाङ, शंकर पोखरेल, ईश्वर पोखरेल विष्णु पौडेलका साथमा ओली चिनिया नाकाको अवलोकनका लागि रसुवागढी पुगेका हुन्। नाका अवलोकन गर्न रसुवा पुगेका ओलीले टिमुरेका स्थानीयवासीलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा देशमा तीब्र परिवर्तनको लहर चलेको बताउदै ओलीले अब आर्थिक विकासले गति लिने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार