राजापाले प्रदेश नम्बर २ को राजधानी जनकपुरमा बनाउने


काठमाडौं
पुस, ४ प्रदेश नम्बर २ को राजधानी राष्ट्रिय जनता पार्टी (राजपा)ले जनकपुर बाहेक अन्य ठाउहरुमा बनाउन नसकिने बताएको छ ।
राजपाको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले यस्तो बताएका हुन । प्रदेशको राजधानी बाहेक मुख्यमन्त्री र प्रदेशको नाममा छलफल गर्न बाकी रहेको उनले बताए । महतोले भने २ नम्बर प्रदेशमा हाम्रो मधेस केन्द्रित दल को बहुमत पुगेको कारणले राजधानी जनकपुरमा नै बनाउने योजना रहेको जानकारी दिए ।
जनताको म्याण्डेट अनुसार काम गरेर देखाउनुपर्ने चुनौति पनि आएको छ । प्रदेशको राजधानी जनकपुर हुन्छ अरु कुरामा प्रदेशसभाको दुई तिहाईले निर्णय गर्नेछ ।प्रदेश २ को मुख्यमन्त्री राजपा वा संघीय समाजवादी फोरममध्ये कसले पाउने भन्ने छलफल नभएको महतोले बताए । उनले भने भर्खर चुनाव सकिएको छ, पूरै परिणाम आइसकेको छैन, मुख्यमन्त्रीका लागि हामीसंग एकसेएक योग्य व्यक्ति छन् । सहमतिबाट मधेसवादी गठबन्धनकै एक व्यक्ति हुनेछन् ।
प्रदेशसभामा एमाले प्रमुख प्रतिपक्षमा आइपुगेको भन्दै महतोले प्रमुख प्रतिपक्षसंग सहमति गरेर प्रदेशसभाको नाम र राजधानी तोकिने बताए । उनले भने( प्रदेशको नाम मधेस प्रदेश हुन पनि सक्छ । मिथिला प्रदेश हुन पनि सक्छ । २ नम्बर प्रदेशमा मधेसवादी गठबन्धनको बहुमत पुग्ने देखिएको छ । दोस्रो स्थान जितेर एमाले प्रमुख प्रतिपक्ष बन्ने देखिएको छ भने कांग्रेस तेस्रो र माओवादी चौथो स्थानमा छन् । महतोले प्रदेश २ मा मधेस केन्द्रित दलले प्रदेश सरकार बनाउने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार