निर्वाचन आयोगले राष्ट्रपति समक्ष मतपरिणामको प्रतिवेदन बुझाउन तयारी


काठमाण्डौ
पुस ४ गते—निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिट संख्या टुंगो लगाई राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने भएका छन ।
सरकारले एकल संक्रमणीय बिधिद्धारा राष्ट्रिय सभाको गठन गर्ने अध्यादेश राष्ट्रपतिलाई पेश गरेपछि दलहरुबीच दुरी बढेपनि आयोगले भने प्रतिवेदन तयारीको काम अघि बढिरहेको जनाएको हो ।
आयोगका प्रबक्ता नबराज ढकालले निर्वाचन आयोगले प्रतिबेदन निर्माणका लागि प्रक्रियागत कामहरु भईरहेको बताउँदै दलहरुको सिट निर्धारणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । आन्तरिक काम सकेर आयोगले दलहरुलाई समानुपातिकतर्फको सांसद चुन्न सात दिनको समयसीमा सहित पत्र पठाउने उहाँले बताउनुभयो । सो समयसीमापछि दलहरुबाट आउने पत्र आयोगले अध्ययन गरी रुजु गर्नेछ ।
त्यसमा केहि त्रुटि देखिए आयोगले सच्याउन आह्वान गर्दै दलहरुलाई ३ दिनको समय प्रदान गर्नेछ । दलहरुबाट सच्चीएर आएको पत्रका आधारमा समानुपातिक तर्फको सिट संख्या निर्धारण गरी आयोगले प्रतिवेदन तयार पार्ने प्रबक्ता ढकालको भनाई छ । समानुपातिक तर्फको अन्तिम मतपरिणाम सार्बजनिक भईसकेपनि संघीय संसदमा एक तिहाई महिला प्रतिनिधित्व हुनुपर्ने बाध्यकारी ब्यबस्थाका कारण आयोग केहि द्विविधामा परेको छ ।
प्रतिनिधि सभामा प्रत्यक्षतर्फ बिभिन्न दलबाट ६ जना महिला मात्र निर्वाचित भएका छन् । संघीय संसदमा महिलाको संख्या एकतिहाई र्पुयाउन दुबै संसदमा गरी कम्तीमा १ सय ४ जना महिला थप्नु पर्ने हुन्छ । यसमा राष्ट्रिय सभामा सात प्रदेशबाट तीन तीन जनाका दरले आउने २१ र मन्त्रिपरिषदले नियुक्त गर्ने एक गरी २२ जना बाहेक दलहरुले प्राप्त सिटको आधारमा ८२ महिलालाई प्रतिनिधि सभामा ल्याउनुपर्ने हुन्छ । संबिधानको धारा ८४९८० मा संघीय संसदमा हरेक राजनीतिक दलबाट एक तिहाई महिला प्रतिनिधित्व हुनुपर्ने प्राबधान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार