राष्ट्रपतिलाई दलको कार्यकर्ताजस्तो व्यवहार नगर्न राजेन्द्र श्रेष्ठको आग्रह

 2423 पटक हेरिएको

काठमाडौं, ३ पुस । संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले कुनै दलको कार्यकर्ताजस्तो व्यवहार नगर्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग आग्रह गरेका छन् ।
राष्ट्रपति भण्डारीले एमाले माओवादीको समर्थनमा शेरबहादुर देउवा सरकारले बुझाएको अध्यादेश अनुमोदन गर्न नमानेपछि श्रेष्ठले सो आग्रह गरेका हुन् ।
देउवा सरकारले राष्ट्रियसभाको निर्वाचनका लागि अध्यादेशमार्फत कानून निर्माण गर्नका लागि राष्ट्रपति कार्यालयमा अध्यादेश पेश गरेका थिए ।
तर भण्डारीले एमाले पक्ष लिएर अध्यादेशमा विवाद रहेको भन्दै अनुमोदन गर्न अस्वीकार गरिरहेकी छन् ।
राष्ट्रपतिले सो अध्यादेश अनुमोदन नगर्दा राष्ट्रियसभाको निर्वाचन समेत अन्यौलमा परेको छ ।
राष्ट्रपति भण्डारीको यस किसिमको व्यवहार गरेपछि श्रेष्ठले राष्ट्रपतिले कुनै दलको कार्यकर्ताजस्तो व्यवहार गर्न नहुने बताएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार