स्पष्ट नीति नभएको कारणले राजपासँग तत्काल एकताको सम्भव नहुने फोरमका अध्यक्ष यादव

 1796 पटक हेरिएको


काठमाडौं
पुस ३— स्पष्ट नीतिको अभाव र एकले अर्काको अस्तित्व स्वीकार्न नसक्ने भएको कारणले राष्ट्रिय जनतापार्टी राजपासँग तत्काल एकता सम्भव नरहेको संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बताएका छन ।
प्रदेश र प्रतिनीधिसभा निर्वाचनमा चुनावी तालमेल गरेका मधेश केन्द्रीत दुई दलबीच एकीकरण हुने चर्चाकाबीच अध्यक्ष यादवको बताएका थिए । अध्यक्ष यादवले राजपा अध्यक्ष मण्डलका नेताहरुमा एकले अर्काको अस्तित्व नस्वीकार्ने कुनै हालतमा नसकिने बताए । राजपा चना चटपट घोले जस्तै एउटा पार्टीमा ६ जना अध्यक्ष रहेका छन् ।
त्यस्तो पार्टीसंग कसरी एकता गर्नु । अर्काको अस्तित्व स्वीकार्ने र नीतिगत रुपमा स्पष्ट भएर आए एकताका लागि आफ्नो पार्टी तयार रहेको अध्यक्ष यादवले जानकारी दिए । अध्यक्ष यादवले संविधान संसोधनको मुद्दालाई फेरी उठाउने बताए । मधेशी दलहरु ताजा जनादेशसहित आएकाले जनताको म्याण्डेट अनुसार संविधान संशोधनका लागि पुन संघर्ष गर्ने अध्यक्ष यादवले भनेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार