आगामी फागुनमा सौगात मल्लको अर्को चलचित्र ‘पञ्चेबाजा’ रिलिज हुने

 421 पटक हेरिएको

काठमाडौं
पौष २-आगामी फागुनमा सौगात मल्लको अर्को चलचित्र ‘पञ्चेबाजा’ दर्शकमाझ आउने भएको छ ।
चलचित्रको छायांकन सकेर ल्याबको प्राविधिक कार्य भइरहेको यसको निर्माण पक्षले जानकारी दिएको छ । एक कार्यक्रममा यो चलचित्रको एउटा गीत घिनघिन मादल‘को भिडियो सार्वजनिक गरिएको छ । गीतको भिडियोमा सौगात मल्ल, बुद्धि तामाङ र अभिनेत्री जस्मिन श्रेष्ठले नृत्य गरेका छन् ।
‘पञ्चेबाजा’का निर्माता राजेश शाही र सह निर्माता सारा गुरुङ हुन् । जसमा सौगात र जस्मिनसँगै कर्मा, बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरीको अभिनय छ । प्रदिप भारद्वाजले लेखेको यो चलचित्रलाई हरि घले लामाले खिचेका हुन् ।
एकपछि अर्को गर्दै सौगात मल्लका सिनेमाहरू असफल भइरहेका छन् । पछिल्ला ६ ओटा चलचित्रमध्ये उनको फिल्म फाटेको जुत्ताले आशा लाग्दो व्यापार ग¥यो । बाँकी सिनेमा सबै असफल भए ।
अञ्जु पन्त र डेबिड शंकरको स्वर रहेको गीतमा प्रदीप भारद्वाजको शब्द र विकास चौधरीको संगीत रहेको छ । गीतको भिडियो निर्देशन कविराज गहतराजले गरेका हुन् । यो चलचित्रको निर्देशन घनश्याम लामिछानेले गरेका हुन् । आफूले फेरि मौलिक चलचित्रका रूपमा पञ्चेबाजा ल्याउन लागेको उनले बताए । उनको यस अघि ‘धौली’ र ‘अग्नीदहन’ जस्ता चलचित्र आईसकेका छन् । ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार