निर्वाचन आयोगले समानुपातिकको ७७ जिल्लाकै मतगणना सकियो

 394 पटक हेरिएको

काठमाडौं
पुस २,
पहिलो र दोस्रो चरणमा भएको २०७४ मंसिर १० र २१ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीकोे मतगणना सकिएको छ ।
७७ जिल्लाका मतगणना सकिए पनि निर्वाचन आयोगले अन्तिम मतपरिणाम सार्वजनिक गरेको छैन । मतगणना सकिएको निवार्चन आयोगको प्रवक्ता नवराज ढकालले जानकारी दिए । फाइनल मतपरिणाम सार्वजनिकको तयारीमा रहेको उनले जानकारी दिए ।

प्राप्त मत परिणाम अनुसार, एमालेले ३१ लाख ७१ हजार १७ मत, कांग्रेसले ३१ लाख २४ हजार ७९०, नेकपा (माओवादी केन्द्र) ले १३ लाख २ हजार ३४७ मत पाएका छन् । थ्रेस होल्ड पार गरेका राष्ट्रिय जनता पार्टी, नेपालले ४ लाख ७२ हजार २३९ मत तथा संघीय समाजवादी फोरम, नेपालले ४ लाख ७० हजार १६३ पाएका छन् ।
दलहरूले प्राप्त गरेको मतअनुसार प्रतिनिधिसभामा समानुपातिकतर्फको कुल १ सय १० सिटमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, संघीय समाजवादी फोरम नेपालले ६ र राष्ट्रिय जनता पार्टीले ६ सिट पाउने सम्भावना देखिएको छ । सबै गणना सकिँदा उल्लिखित सिट संख्यामा सामान्य मात्र हेरफेर हुन सक्ने आयोग स्रोतले जनाएको छ ।
प्रतिनिधिसभामा भने प्रत्यक्षतर्फ एमालेले ८०, माओवादी केन्द्रले ३६, कांग्रेसले २३, राजपाले ११, संघीय समाजवादी फोरमले १०, नयाँ शक्ति पार्टी, नेपाल, राप्रपा, नेमकिपा, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रले एक(एक सिट जितेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार