होटल अन्नपूर्णमा बाम गठबन्धनले आज संयुक्त पत्रकार सम्मेलन गदै

 483 पटक हेरिएको


काठमाडौं
पुस २, प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा स्पष्ट बहुमत पाएको बाम गठबन्धनले चुनावपछि आज दिउसो ३ बजे दरबार मार्ग्स्थित होटल अन्नपूर्णमा पहिलोपटक संयुक्त पत्रकार सम्मेलन गर्ने भएको छ ।

कार्यक्रम रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएको हो । पत्रकार सम्मेलनमा ओली र दाहालसहित गठबन्धनका शीर्ष नेता सहभागी हुनेछन् ।पत्रकार सम्मेलनमा नेताहरुले आम मतदातालाई धन्यवाद दिने बताइएको छ । साथै राष्ट्रिय सभा निर्वाचन अध्यादेश, प्रदेश प्रमुखको नियुक्तिलगायतका विषयमा दुवै दलको ठोस धारणा सार्वजनिक गर्नेछन् । शनिबार प्रधानमन्त्री शेर बहादुर देउवासँग नेकपा एमालेका अध्यक्ष केपी ओली तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भेट गरेका थिए ।

माओवादी केन्द्रको शनिबार अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्या देवी भण्डारीसँग भेट गरेका थिए । आज पत्रकार सम्मेलनमा पार्टी एकताका बारेमा चलेका भ्रमहरुका बारेमा समेत नेताहरुले स्पष्ट पार्ने र सरकार गठनका बारेमा दुबै दलको धारणा सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार