मनमोहन आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा बिजेताको उपाधि मनाङको पोल्टामा

 346 पटक हेरिएको


सुनसरी
पुष २ —पुष मनमोहन आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता मनाङ मस्र्याङ्दी क्लब काठमाडौले त्रिभुवन आर्मी टोलीलाई २–१ गोलको अन्तरले बिजेता बनेको छ ।
बिजेताको उपाधि सहित मनाङ मस्र्याङ्दी क्लब चार लाख नगद पुरस्कार हात पारेको थिए । सुनसरी जिल्लाको औद्योगिक करिडोर क्षेत्र दुहवी रङ्गशालामा जारी प्रतियोगितामा त्रिभुवन आर्मी क्लब काठमाडौँले उपविजेता उपाधि हात पारदै नगद दुई लाख पुरस्कार पाए ।

खेलको पहिलो हाफमा दुबै टोलीका तर्फबाट १–१ गोल भएको थियो । कडा प्रतिस्पर्धात्मक खेलमा त्रिभुवन आर्मीका तर्फबाट पहिलो हाफको १७औँ मिनेटमा नवयुग श्रेष्ठले पहिलो गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । एक गोलले अघि बढिरहेको खेलमा खेलको २७आँै मिनेटमा विशाल राईले जवाफी गोल गर्दै खेल १–१ गोलको बराबरीमा पु¥याएका थिए ।

पहिलो हाफपछि भएको खेलमा मनाङ मस्र्याङ्दी विमल रानाले दोस्रो खेलको १४औँ मिनेटमा सुन्दर गोल थप्दै आफ्नो टोलीका लागि दुई गोलको योग तयार पारे । उनको सोही गोल नै आजको फाइनल खेलको निर्णायक गोल बन्दै मनाङ मस्र्याङ्दी क्लबले त्रिभुवन क्लबलाई २–१ गोलले पराजित गर्दै उपाधिमाथि जित निकालेको हो ।

यस खेलमा मनाङका सुजल श्रेष्ठ सर्वोत्कृष्ट घोषित बन्दै रु २५ हजार नगदसमेत प्राप्त गरे भने त्रिभुवन आर्मी टोलीकै अनिल गुरुङलाई सम्मान गर्दै ३२ इञ्चको कलर टिभी प्रदान गरिएको छ । त्यस्तै आजको अन्तिम खेलमा ‘म्यान अफ द म्याच’ घोषित बन्दै मनाङका विशाल राईले रु १० हजार प्राप्त गरेका छन् । त्यसैगरी सोही क्लबका बेस्ट फरवार्डको उपाधि अनिल गुरुङ बेस्ट डिफेन्सको उपाधि प्याट्रिक घोषित हुँदै जनही रु १०–१० हजार नगद प्राप्त गरेका छन् । त्यसैगरी उक्त फाइनल खेलमा त्रिभुवन आर्मीका खेलाडी नवयुग श्रेष्ठले खेल अवधिभर सर्वा्धिक तीन गोल गर्दै रु १० हजार र बेस्ट मिड फिल्डरतर्फ आर्मीकै भरत खवास घोषित बन्दै उनले पनि रु १० हजार नगद प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार